spot_img

प्याजको बोरामा लुकाइएको दश लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

वीरगंजः प्याजको बोरामा दश लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल प्रवेश गरेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्रका २६ वर्षीय मोहम्द लकमरे आलम रहेको प्रहरीले जनाएको छ।

रौतहट, ईशनाथ नगरपालिका ६ चमना टोल नजिकबाट आलम पक्राउ परेका हुन्। बिआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकलमा रहेको प्याजको बोरा चेकजाँचको क्रममा स्रोत नखुलेको रकमसहित उनलाई समातिएको हो।

आलमको साथबाट भारतीय रुपैयाँ १२ हजार पाँच सय पनि बरामद भएको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक ध्रुव कार्कीका अनुसार आलममाथि अनुसन्धान भइरहेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img