spot_img

काठमाडौं उपत्यकाको ‘हिति प्रणाली’ बारे पुस्तक लोकार्पण

काठमाडौं : काठमाडौं उपत्यकाको हिति (ढुङ्गेधारा) प्रणालीबारे लेखिएको पुस्तक लोकार्पण भएको छ। बुधबार पाटनमा पद्मसुन्दर जोशीद्वारा लेखित् पुस्तक ‘ हिति प्रणाली – इतिहास, वर्तमान , भविष्य’ लोकार्पण गरिएको हो।

कार्यक्रममा जोशीले हितिको विकास, निर्माण प्रक्रिया, संचालन प्रणाली, उपयोगिता, विनाशको कारण र संरक्षणको आवश्यकताका बारेमा प्रस्तुती दिएका थिए।

उपत्यकामा जल संचय गरेर पानी पुर्याउने हो भने हिति प्रणालीलाई संरक्षण गर्नु पर्ने आवश्यकता भईसकेको छ। तर, काठमाडौं उपत्यकाको हिति प्रणाली अहिले लगभग नष्ट हुने अवस्थामा छ। बर्खाको समयमा मात्रै यहाँका केही हितिबाट मात्र पानी आउने गर्दछ। अरु समय हितिहरु आफै तिर्खाएका हुन्छन। पुर्खाहरूले हितिमा पानी ल्याउन बनाएको पोखरीदेखि राजकुलो समेत अहिले मासिएको छ। यस्तो अवस्थामा उपत्यकाको हिति प्रणाली बचाउन निकै गाह्रो भइरहेको लेखक जोशीले बताए। 

आज सार्वजनिक पुस्तक लोकार्पण गर्दै जोशीले उपत्यकाको सभ्यतासँग जोडिएको हिति प्रणालीलाई राष्ट्रिय सम्पदा घोषणा गर्नु पर्ने माग समेत गरेका छन्। 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरि बाबु महर्जनले यो पुस्तकले निकै महत्वपूर्ण विषय बोकेको बताए। उनले आफ्नो पहिलो कार्यकालमा एउटा पनि हितिबाट पानी झार्न नसकेको स्वीकार्दै यो कार्यकालमा ललितपुरमा हिति प्रणालीलाई जोगाउन प्रयत्न गर्ने बताए। टिकाभैरब बाट राजकुलो ब्युँताउन महानगर लागेको पनि उनले बताए। 

नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको यो पुस्तक आजबाट बजारमा उपलब्ध छ। यो पुस्तक काठमाडौंको प्राचीन पानी प्रणाली बुझाउन उपयोगी हुने नेपालयले जनाएको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img