spot_img

लुम्बिनीमा तीन महिनामा उठ्यो करिब २३ लाख भेटी

बुटवल : भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनीस्थित मायादेवि मन्दिरमा तीन महिनामा २२ लाख ९७ हजार रुपैयाँ दानवापतकव रकम उठेको छ। मंगलवार सकिएको गणनामा उक्त रकम भेटी वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

भट्टराईको नेतृत्वमा आइतवार दानपेटिकाको रकम गणना शुरु गरिएको थियो। यहाँ रहेका दानपेटिकाको रकम त्रैमासिक रुपमा गणना गर्ने गरिन्छ। गणनामा विकास कोषका कर्मचारी, प्रहरी, नगरपालिकाका प्रतिनिधि खटिएको भट्टराईले बताए।

दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो। गणना कार्यका लागि दैनिक ३० जनाका दरले ३ दिनमा ९० जना जनशक्ति खटिएकव कोषले जनाएको छ। कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

आम्दानीको मुख्य श्रोत दान नै मानिएको लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि भारतीय पर्यटकको आगमन वृद्धि भएको उनले बताए। यसअघि गत चैत १८ गते दानपत्र खोलिएको थियो। भेटीवापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img