spot_img

पहिरोले सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

बलेवा : वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड मंगलवार बिहान १०:३० देखि पुनः सञ्चालनमा आएको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो। मंगलवार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो। उक्त खण्डको ठाउँठाउँमा स-साना पहिरा खसेका थिए। सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन्।

त्यस्तै, जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिकाको सहयोगमा पन्छाइएको हो। बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img