spot_img

दुर्लभ मानवदेखि वाङ्मय सम्राटको उपाधि पाएका देशभक्त भन्छन्, ‘बढी प्रतिभा भएकाले नपत्याउने’

पोखराः ‘दुर्लभ मानव’ उपाधि। सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, पोखरामा एक व्यक्तिले दुर्लभ मानवको उपाधि पाएका छन्। दुर्लभ मानव मात्र नभई उनले अन्य ११ वटा उपाधि पनि प्राप्त गरेका छन्।

पोखराको साहित्य क्षेत्रमा खासै नाम नसुनिएको र नदेखिएका देशभक्त सिंह कुँवरले एकैपटक १२ उपाधि थापेका छन्। १२ वटा संस्थाले शनिबार उनलाई दुर्लभ महामानव, वाङ्मय सम्राट, सञ्चारमणि, शब्द सम्राट, साहित्य सम्राट, दिव्य गायक, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, बहुआयामिक व्यक्तित्व, मणिरत्न, युग र महासाहित्यकारको उपाधि दिएका हुन्। साहित्यमा पनि उपाधि पाएका कुँवर भने पोखराको साहित्यिक क्षेत्रमा खासै नाम नसुनिएका र  नदेखिएका व्यक्ति हुन्। यद्यपि उनी आफूलाई ‘अलौकिक कवि’ भनेर चिनाउँछन्। उसो त यसअघि नै उनले ०७५ सालमा ‘अलौकिक कवि’को उपाधि पाएका थिए। त्यस समय उनले ‘सेतो संसार’ मुक्तक संग्रह प्रकाशित गरेका थिए।

उनै ‘अलौकिक कवि’लाई १२ वटा संस्थाले उपाधिसहित प्रति संस्थाले ५०  हजार रुपैयाँ पनि प्रदान गरेका हुन्।

शनिबार पोखरामा एक कार्यक्रम आयोजना गर्दै उनलाई इन्ल्याल्क नेपाल, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, काराबी फाइनान्सियल एजेन्सी, माछापुच्छ्रे सांस्कृतिक परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार र काविन ग्राफिक्स सोलुसनले उपाधि दिएका हुन्। कार्यक्रमको मुख्य आयोजक इन्ल्याल्क नेपाल नामक संस्था थियो।

पोखराको साहित्यमा ‘दुर्लभ’ देखिने कुँवर

०७५ सालमा निजी संस्थाबाट ‘अलौकिक कवि’को उपाधि पाए पनि पोखराको साहित्य क्षेत्रमा परिचित नाम हैन कुँवरको। त्यसैले पनि उनले पाएको उपाधिमा आश्चर्यसँगै आलोचना पनि भइरहेको छ।

ट्विटरमा साहित्यकार सरस्वती प्रतीक्षाले लेखेकी छिन्, ‘साहित्यिक राष्ट्रनायक’देखि ‘दुर्लभ महामानव’सम्म पोखरामै रहेछन्। आफूलाई थाहै थिएन।’

आलोचना भइरहँदा उनले यसलाई प्ररेणाको रुपमा लिएको प्रतिक्रिया दिएका छन्।

‘म सम्मानको भोगी पनि होइन संयोग हो। यो क्षेत्रमा काम गरेको ४० वर्ष भइसक्यो। सानैदेखि यो खाल्को कला साहित्य संगीतमा क्रियाशील थिएँ,’ उनले भने, ‘स्कुलमा पनि आफैंले कम्पोज गरेर गाउँथेँ। बढी प्रतिभा भएको नपत्याउने के। पोखराको पनि लेख लेख्थेँ। बुबा पनि वरिष्ठ साहित्य्कार, नजिककाले बुझ्नुहुन्छ। नचिनेकाले भन्नु स्वाभाविक हो। पोजेटिभ नै सोचेको छु प्रेरण पनि हो।’

यस्तै उनले सबै संघसंस्था दिन चाहेकाले एकैपटक दिँदा सहज हुने भएकाले उपाधि कार्यक्रम आयोजना भएको बताए।

‘यो उपाधि विभिन्न संस्था मिलेर दिनुभएको हो। बाहिर कस्तो कस्तो कुरा आउँछ त्यो आ-आफ्नो मान्छेको विश्लेषण हो क्यारे। खास दुई/चार वर्ष अगाडिनै दिन खोज्नु भाको थियो,’ उनले भने, ‘सिंगल-सिंगल अर्को-अर्को महिनामा दिन खोज्नुभाको थियो अनि मैले के भनेको भनेँ एकैपटक बोलाउँदा उचित हुन्छ। दिन चाहनुहुन्छ भने एकैपटक दिनु भनेको आयोजक आफैंले दिनुभएको हो।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img