spot_img

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबिच भेटवार्ता, आज स्वदेश फर्किँदै टोली

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबिच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबिच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गरेका थिए साथै, दुवै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्रसंघको आदर्शमा प्रतिबद्ध रहेको पनि उनले बताएका थिए। मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदार स्रोत देशका रूपमा मान्यता दिएर ठूलो संख्याका नेपालीलाई रोजगारी दिएकामा सापकोटाले धन्यवाद व्यक्त गरेका थिए।

मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए। सन् २००३ मार्चदेखि सुरु भएको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाइ थियो।

मलेसियाका उपसभामुख हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधिमण्डलसँग भेटन पाएकामा खुसी व्यक्त गरेका थिए। भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राईलगायतसहभागी थिए। उनीहरु आज स्वदेश फर्किँदैछन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img