वीरगंज, १७ असार । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई प्रेस मंच नेपालले सम्मान गरेको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका मेयर सिंहलाई पार्टीकै सुभेच्छुक संस्थाको रूपमा रहेको प्रेस मंच पर्साले शुक्रवार उनकै कार्यकक्षमा पुगेर सम्मान गरेको हो । सम्मान कार्यक्रममा मंचका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र साहले चुनाबमा जनतामाझ गरिएका वाचा पूरा गर्नेगरी काम गर्न सुझाब दिए । वीरगञ्जको विकास र समृद्धि हुन्छ भनेरै आम जनताले मतदान गरेर विजयी गराएको भन्दै जनताको विश्वास र भरोसा टुट्न नदिन पनि उनले आग्रह गरे । मेयर सिंहले आम नागरिकले लिएको विश्वास टुट्न नदिन सक्रिय भएर काम गरिरहेको भन्दै पर्सेली पत्रकारीता र यसको उन्नयनमा महानगरको सँधै साथ रहने विश्वास पनि दिलाए । कार्यक्रममा प्रेस मंचका पदाधिकारीहरूको सहभागीता रहेको थियो । यसैबीच प्रेस मंचको कार्यालय पनि संचालनमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित साइबाबा मन्दिर नजिकै कार्यालय संचालनमा ल्याइएको मंचका केन्द्रीय उपाध्यक्ष साहले जानकारी दिए ।