spot_img

पोखराको भर्जु इन होटेलमा प्रहरीको छापा: चिनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रुपैयाँ सहित समातिए

काठमाडौंः पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटेलबाट स्रोत नखुलेको रकम सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी ४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन्।

होटेलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटेलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले होटेलबाट उनीहरूको साथमा रहेको ४ थान मोबाइल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाइल फोन समेत बरामद गरेको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img