spot_img

गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ।

बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर, बैठकमा सभापति दिपक कोइरालाबाहेक सबै अनुपस्थित भए।

छलफलमा अर्थमन्त्री रामजी बराललाई पनि बोलाइएको थियो। तर, उनीसहित बाँकी सदस्य पनि अनुपस्थित भए।

एमालेको बहुमत रहेको समितिमा सांसदले बैठकको विरोध गर्दै उपस्थित जनाएनन्। बुधबार नै एमालेले पत्रकार सम्मेलन गर्दै अर्थ तथा विकास समितिमा विकास बजेटबारे छलफल गर्न लागेको भन्दै विरोध गरेको थियो।

‘अर्थ तथा विकास समितिमा बजेटबारे छलफल हुन लाग्यो कि भन्ने आशंकाले माननीयज्यूहरु आउनुभएन भन्ने मेरो आशंका छ। बिहान मैले दलका नेता र सचेतकसँग कुरा गरेको थिएँ। त्यो गलत अर्थ लाग्यो,’ सभापति कोइरालाले भने, ‘बजेटको बारेमा छिटोभन्दा छिटो संसदमा छलफल अगाडि बढाउनुपर्‍यो तपाईंहरुले जे विषयमा जिज्ञासा राख्नुभयो त्यो नै समितिको जिज्ञासा पनि हो भनेर भनेको थिएँ तर क्लियर हुनुभएन।’

सरकारले सदन फेस गर्न डराएजस्तो देखिएको उनको भनाई छ।

‘असार ५ गतेबाट संसदमा छलफल हुनुपर्ने बजेटका बारेमा छलफल हुन नसकिरहेको सन्दर्भमा अर्थमन्त्रीसहित बैठक आयोजना गरेका थियौं,’ उनले भने, ‘संसदमै फेस गर्नुपर्‍यो नि सरकारले यहाँ के देखियो भने सरकारले संसद् फेस गर्नै डराइराछ कि भने जस्तो देखियो।’

समितिमा माओवादीका सांसद कोइराला सभापति छन् भने एमालेबाट किरण गुरुङ, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ सदस्य छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img