spot_img

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच राजदूतहरुले शपथ ग्रहण गरेका हुन्।

कतारका लागि नेपालका राजदूत डा नरेशविक्रम ढकाल, चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले राष्ट्रपति समक्ष शपथ लिएका हुन्।

सो क्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

यसैबिच, राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि मित्रराष्ट्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img