spot_img

हेर्दाहेर्दैमा राखिएको आइजी नियुक्ति विवादको सुनुवाई हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ।

असार ५ गते सुनुवाई भएको मुद्दा सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दाको सुनुवाई भइरहेको छ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा पेशी चढेको थियो।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो।

एउटै ब्याचका चार जना एआईजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेलपछि डीआइजी सहकुल थापालाई पनि सरकारले एआइजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआइजीको पद थपेर बढुवा भए। डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।

यता एआइजी पोखरेलको बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छैनन्। मुद्दा चलिरहेकाले उनले थप १० दिनको बिदा मागेकोमा आइजी सिंहले बिदा दिन अस्विकार गरेका छन्। त्यसपछि पनि एआइजी पोखरेल कार्यालयमा उपस्थित भएका छैनन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img