spot_img

पचली भैरवको नाटक अब पुस्तकमा

काठमाडौ : पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका हुन्।

कौसी थिएटरमै गत कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक मञ्चन भएको थियो। चन्द्रमान मुनिकारले संकलन गरेको कथाको निर्देशन पनि उनैले गरेका थिए। कथाको नाट्य रुपान्तरण र सह-निर्देशन इँगिहोपो कोंइच सुनुवारले गरेका थिए भने नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गरेका थिए।

पढ्नुस : पचली भैरवलाई रुक्मिणीको प्रश्न : भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?

पुस्तक लोकार्पण पछि उपप्रमुख डंगोलले काठमाडौंमा मूर्त सम्पदासँगै अमूर्त सम्पदा पनि रहेको बताउँदै सबै मिलेर सांस्कृतिक काठमाडौं शहर बनाउनुपर्ने बताएकी थिइन्। उनले पुस्तक र नाटकको माध्यमबाट अमूर्त सम्पदा जगेर्णा हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा चन्द्रमान मुनिकारले यो पुस्तकले नाटक जीवन्त बनेको बताएका थिए। ब्रजकला कुञ्जले आउने दिनमा नयाँ नाटकको तयारी गरिरहेको जानकारी पनि उनले दिएका थिए।

तस्विरमा पचली भैरव नाटक : रंगमञ्चमा यसरी मञ्चन हुँदैछ पचली भैरव र रुक्मिणीको प्रेमकथा



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img