spot_img

गठबन्धनका सबै नेताले संघ र प्रदेशको निर्वाचनमा पनि मिलेर अघि बढौं भनेका छन् : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक्ता रहेको बताएका छन्। शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा उनले गठबन्धनको आवश्यकताबारे ब्रिफिङ गरेका हुन्।

‘गठबन्धनको आवश्यक्ता अहिले पनि छ। हिजो भएको पोलिटव्यूरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भएपनि कतिपय पार्टीहरुले धोका दिएको भएपनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं। तर पनि गर्वकासाथ भन्नु पर्छ, महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ।

नेपालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको समेत बताए।

‘गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ–मिलेरै जाऔं। नेपाली काँग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्रीजीले गठबन्धनको आवश्यक्ता छ। हामी आउने चुनावमा पनि मिलेर जाऔं भन्नु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए भन्दै स्वीकारेका छन्। ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्छ,’ नेपालले भने,‘कहाँकहाँ आत्माआलोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नु भएको छ। त्यसैगरि जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ। यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यक्ता छ।’

उनले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई पनि स्वीकार गर्नुपर्ने बताए। साथै, आगामी निर्वाचनको लागि तयार रहन पनि उनले निर्देशन दिएका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img