काठमाडौंः मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मानव भारत मजतपुर घर भएर हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन्।
उनीहरूले १३ वर्षीया बालिकालाई बेचबिखन गर्नको लागि विराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट भारतर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरु विरुद्द जिल्ला अदालत मोरङबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।