spot_img

spot_img

गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल, एकीकृत समाजवादीले प्रस्तावित मन्त्रीको मुद्दा उठाउने

काठमाडौं : सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नागरिकता विधेयकमाथि छलफल भइरहेको जानकारी दिए।

गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक बसेको थियो। उक्त बैठकमा समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयनका बारेमा छलफल भएको थियो।

गठबन्धनको बैठकमा पनि मन्त्री फिर्ता बोलाउने निर्णयबारे छलफल हुने एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। सचिवालय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा छलफल भएर टुंगो लाग्ने बताएका थिए। 

एकीकृत समाजवादीको सचिवालयले जेठ २२ गते एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, दुई साता बितिसक्दा पनि एकीकृत समाजवादीले निर्णयलाई कार्यान्वयन गराउन सकेन। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई पार्टीले फिर्ता बोलाएको थियो।

मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपालले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका थिए। एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि गठबन्धनका अरु दलहरुमा पनि मन्त्री फेर्नुपर्ने दवाव बढेको नेताहरुले बताएका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क खान-बस्न व्यवस्था मिलाएको...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा रहेको रामराजा मोहन...