spot_img

spot_img

नेपालबाट मेक्सिको पठाइएका पाँच अफगानी फिर्ता

काठमाडौं। नेपालबाट मेक्सिको गएका पाँच अफगानी नागरिकलाई मेक्सिकोले यतै फिर्ता पठाएको छ। आइतबार नेपालबाट श्रीलंकाको कोलम्बो ट्रान्जिट हुँदै मेक्सिको गएका अफगानी नागरिकलाई त्यहाँको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाएको हो। अन्तर्राष्ट्रिय प्रचलनअनुसार निष्कासन गरेकै देश फर्किने हुनाले उनीहरू यतै फर्काइएका जनाइएको छ।

“शरणार्थी किटान नभइसकेको अवस्थामा सम्बन्धित देशले आफ्नो देश प्रवेश गर्न नदिने निर्णय लिन पाउने हुँदा उनीहरू नेपाल फकिएका हुन्”, अध्यागमनका एक अधिकारीले भने।

ती नागरिक अहिले काठमाडौं आइपुगेका छन्। ती सबै जना एकै परिवारका हुन्। नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को चर्को दबाबबीच आइतबार सरकारले देशबाट निष्कासन गरेको थियो। तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै ती अफगानी नागरिकलाई नेपाल सरकारले नेपालबाट निष्कासन गरेको थियो। उनीहरू भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

८ कात्तिकमा भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका ११ अफगानीहरूलाई नेपाल प्रहरीले सिनामंगलस्थित एक होटलबाट पक्राऊ गरेको थियो। पक्राऊ परेका ११ अफगानी नागरिकमध्ये पाँच जनालाई सरकारले निष्कासन गर्दा ६ जना भने अध्यागमन विभागको नियन्त्रणमै छन्। पाँच अफगानीसँग तेस्रो मुलुक प्रवेशाज्ञा रहेकाले उनीहरूलाई निष्कासन गरिएको थियो। अन्यसँग तेस्रो मुलुक प्रवेशाज्ञा नभएकाले निष्कासन नगरिएको अध्यागमन विभागको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक...

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । बुधवार बिहान ८ः३०...

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ...