विराटनगर। प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री आचार्यले आज (सोमबार) प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछन्।

दिउँसो १२:३० मा बस्ने बैठकमा मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर, २४ असोजमै सभामुख भण्डारीले ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेपछि रोकिएको थियो। त्यसपछि ५ कात्तिकमा विश्वासको मतका लागि प्रस्ताव गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले उक्त बैठकबाट मुख्यमन्त्रीको प्रस्तावमाथि कात्तिक ५ गतेको बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गरेका थिए।

तर उक्त दिन आफ्ना सांसद्ले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गरेको थियो। सोही दिन सत्तारुढ एमालेले पनि  बैठक स्थगितको माग गरेपछि बैठक स्थगित भएको थियो।

प्रदेशसभामा ९२ सदस्य रहेकोमा आचार्यले विश्वाको मत पाउनका लागि ४७ सदस्यको समर्थन आवश्यक पर्छ। तर अल्पमतमा परेका आचार्यसँग हाल ४१ मत मात्रै रहेकाले प्रदेशसभा बैठकअगावै आचार्यले राजीनामा दिने सम्भावना छ।

संसदमा रहेको दल विभाजन भएको अवस्थामा उक्त दलबाट निर्वाचित मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि १० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले दुई महीना बित्दा पनि विश्वासको मत लिन सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय