Saturday, October 1, 2022
spot_imgspot_imgspot_imgspot_img

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस, हेर्नुस् कहाँ को

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सिफारिस गरिएको जसपा पर्साले जनाएको छ ।

 

प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नं. ४ का लागि पार्टी अध्यक्ष यादव र जिल्ला सचिव तवरेज अहमदको नाम सिफारिस भएको छ ।

 

 

पर्सा क्षेत्र नं. १ का लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस भएको छ ।

 

क्षेत्र नं. २ का लागि ४ जना र क्षेत्र नं. ३ का लागि २ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ मा प्रदेश सभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादवको नाम सिफारिस भएको छ भने क्षेत्र नं. ३ बाट डा. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस भएको छ ।

 

डाक्टर गुप्ता सांसद हरि नारायण रौनियारकी छोरी हुन् । संघीय समाजवादी फोरम नेपालबाट ०७४ सालको निर्वाचनमा निर्वाचित भएका रौनियार विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा छन् ।

 

प्रदेस सभा सदस्यतर्फ क्षेत्र नं. १ (क) फिरोज मिया मन्सुरी,जन्नत अन्सारी ,वृजमोहन तिवारीको नाम सिफारिस भएको छ ।फिराेज मियाँ मन्सुरी जसपा,नेपाल काे केन्द्रीय सदस्य एवं समाजवादी युवा संघ का केन्द्रीय सह-इन्चार्ज हुन ।२०७४ सालकाे निर्वाचनमा फिरोज मियाँ मन्सुरीले प्रदेश सभा सदस्यका लागि टिकट पाएका थिए र उमेदवारी समेत दर्ता भइसकेको थियाे।(अन्तिम समयमा अाएर प्रदिप यादवले फिराेज प्रदेश सभा सदस्यमा चुनाव लडे अाफु प्रतिनिधि सभा सदस्यमा चुनाव नलडने भन्दै अध्यक्षलाई धम्की दिएपछि पार्टी अध्यक्ष को बिषेस अाग्रहमा फिराेज मियाँ मन्सुरीकाे नाम फिर्ता भएको थियो र अन्तिम समयमा साेही स्थानमा जन्नत अन्सारी काे उमेदवारी परेको थियो,अन्सारी नेपाली कांग्रेसका वडा लेबलका कार्य कर्ता थिए तथा उनी तत्कालीन फाेरम मा उमेदवारी पछि प्रवेश गरेका हुन।वृजमोहनले प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए ।

 

क्षेत्र नं‍. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको एकल नाम सिफारिस भएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

क्षेत्र नं‍. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिश भएको छ।

 

क्षेत्र नं‍. ३ को (क) का लागि, मञ्जुर अन्सारी, प्रमाेद जैसवाल ,शिव कुमार साह,र अनिल राउत कुर्मी र ख) का लागि गौरि शंकर साह, शिवजी सोनीको नाम सिफारिश भएको छ।

 

क्षेत्र नं‍. ४ को (क)मा मोहनलाल चौधरी र ख मा सिंहासन साह कलवारको नाम सिफारिस गरेकाे छ।

Website | + posts

सम्बन्धित समाचार

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो करिब ०३...

प्रतिक्रिया लेख्न नभुल्नुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस

नेपाल भंसार कृष्णनगर मिलोमतोमा पुर्व जनाकारी हुदा करिब रु.२.५ लाख बराबर कपडा नेपाल भित्रीयो

सुधान्शु गिरी कृष्णनगर/ असोज १४ मिति २०७९/०६/१४ गते दिन शुक्रबार दिऊसो...

प्रहरी नायब महानिरीक्षक आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन।

वीरगंज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...

Nepal News Express Daily TV

Video thumbnail
बारामा घुमुवाहरुको सेटिङमा कल्यानपुर,मुशहर्वा, छातवा लगायतको नाकाबाट तस्करी ।
00:58
Video thumbnail
प्रहरीको मिलोमतो मा बाराको प्रसौनी बाट कपडा र भैंसीको खुलेयाम तस्करी
04:06
Video thumbnail
सशस्त्र र प्रहरी दुवैतिर सेटिङ, बाराका सबै नाकाबाट तस्करी मौलायो
01:55
Video thumbnail
छिपहर माई गाउँपालिकामा मुख्य सडकको नाला फोहर ग्रष्त
05:13
Video thumbnail
सिक्टा बजारमा अनाधुन गोली प्रहार, साह घाइते
02:26
Video thumbnail
वीरगंजको भन्सारको अवस्था हेरी हाम्रो संवाददाताको कैमरामा कैदग भिडियो
04:37
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 3)
17:51
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क ( 2)
07:58
Video thumbnail
पर्साको जगरनाथपुरमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रमको केहि झल्क (1)
05:28
Video thumbnail
पर्साको छिपहरमाई भिस्वा चौकको यूवाहरुद्वारा जल यात्रुहरुलाई फ्रूटी वितरण कार्यक्रम सम्पन (2)
02:51