EN
politics

१०० रुपैयाँको सामानमा भन्सारः भारतले के भन्यो?

Ramesh

सम्वाददाता

Apr 23, 2026
१०० रुपैयाँको सामानमा भन्सारः भारतले के भन्यो?

काठमाडौँ/नेपाल सरकारले भारतीय सीमाबाट भित्रिने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लागू गरेपछि भारतले आफ्नो प्रतिक्रिया दिएको छ।

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस विषयमा भारतको धारणा राखेका हुन्। उनले यो प्रावधान पुरानै भएको र नेपाल सरकारले अहिले लागू गरेको बताए।

 

उनले भने, ‘हामीले केही खबर देखेका छौँ, नेपाल सरकारले भारतबाट नेपाल जाने व्यक्तिहरूले आफूसँग लिने सामानमा कर लगाएको छ। यो पुरानै प्रावधान हो तर अहिले लागू गरेका हुन्।’

 

उनले सीमा क्षेत्रमा हुने अनौपचारिक व्यापार र तस्करीलाई रोक्ने उद्देश्यले नेपाल सरकारले उक्त प्रावधान लागू गरेको भारतको बुझाइ रहेको बताए।

 

उनले भने,’हाम्रो बुझाइ यो छ कि, नेपाल सरकारले जुन कदम उठाएको छ, जुन अनौपचारिक व्यापार भइरहेको छ साथै जुन तस्करी भइरहेको छ, त्यसलाई रोक्नका लागि यो कदम उठाइएको हो।’

साथै उनले निजी प्रयोजनका लागि लगिने घरायसी सामानमा कुनै अवरोध नहुने नेपाली अधिकारीले बताएको उल्लेख गरे।

Share:
- ADVERTISEMENT -

आफ्नो विज्ञापन यहाँ राख्नुहोस्