spot_img

सुन्दर साह जसपामा प्रवेश, पूर्व मुख्यमन्त्री राउतले स्वागत

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवारी दिएका सुन्दर साह जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रममा साहलाई जसपामा स्वागत गरिएको हो। कार्यक्रममा जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री राउतले साहको पार्टी प्रवेशले जसपाको संगठनात्मक शक्ति थप बलियो बन्ने विश्वास व्यक्त गरे। उनले मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि सबै दल, नेता तथा कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

यसै अवसरमा जसपामा प्रवेश गरेका साहले पार्टीको नीति तथा सिद्धान्तप्रति आफ्नो आस्था व्यक्त गर्दै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले मधेस र त्यहाँका जनताको हकहितलाई प्राथमिकतामा राखेर राजनीति गर्ने बताएका छन्।

साहको प्रवेशलाई जसपाले आगामी दिनमा संगठन विस्तार र स्थानीय स्तरमा प्रभाव बढाउने अवसरका रूपमा लिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img