spot_img

फेसबुक ह्याक गरी पीडितका आफन्तसँग रकम ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठक रहेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितका साथी, आफन्त तथा सहकर्मीलाई ठगी गरेको प्रहरीले जनाएको छ। पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर ब्युरोबाट खटिएको टोलीले शनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारेबाट मंगलवार पक्राउ गरेको हो।

उनीमाथि आवश्यक अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बुधवार ५ दिनको म्याद थप गरेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img