spot_img

नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन्। आज चितवन पुगेका उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको आरोप लगाएका हुन्।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो।’

उनलले आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि करिब ७ लाख मानिस नागरिकताबाट बञ्चित भएको समेत बताए।

भने, ‘आमाबाबु दुवै नेपाली छन्। तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन्। त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता पठाएपछि प्रतिनिधिसभाबाट फेरि विधेयक पारित भएर अहिले राष्ट्रियसभा पुगेको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img