spot_img

सुन तस्करीको अभियोग लागेका गृहमन्त्रीको पीएसओ कार्कीमाथि प्रहरीले थाल्यो छानबिन

काठमाडौंः प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग गृहमन्त्रीको सुरक्षामा खटिएका पीएसओको संलग्नता भएको विषयमा छानबिन थालेको छ। वरिष्ठ सई टंक कार्कीलाई प्रहरी प्रधान कार्यालयमा झिकाइ अनुसन्धान थालिएको प्रवक्ता टेकप्रसाद राईले जनाए।

गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका कार्की सुन तस्करीमा संलग्न भएको समाचारहरु सार्वजनिक भएपछि हेडक्वार्टर तानिएको थियो। लगत्तै छानबिन प्रक्रिया अघि बढाइएको हो।

प्रवक्ता राईले अनुसन्धानमा दोषी देखिए कार्कीमाथि कानुन बमोजिम कारबाही हुने जनाएका छन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img