spot_img

मदिरा पिउनेको संख्या घटेपछि जापानमा राजश्व संकलन घट्यो, सरकारद्वारा मदिरा पिउन प्रोत्साहित गर्न प्रतियोगिता घोषणा

जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको छ। कोरोना भाइरस महामारीपछि मदिर सेवन गर्ने युवाको संख्या घटेपछि अर्थतन्त्र बचाउन जापानले युवालाई मदिरा सेवनका लागि प्रोत्साहित गर्न प्रतियोगिता समेत घोषणा गरेको छ। युवाहरुमा मदिरा सेवन गर्ने दर घट्दै गएपछि जापानको राजश्व संकलन घटेको बताइन्छ। त्यसैले सरकारले यस्तो योजना ल्याएको हो।

जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘सेक भिभा’ अभियानमा २० देखि ३९ उमेर समूहका युवाहरुलाई मदिरा सेवन गर्न प्रोत्साहति गर्न प्रस्ताव ल्याउन भनेको छ।

सेप्टेम्बर ९ सम्म चल्ने उक्त प्रतियोगितामा मदिराको नयाँ ‘ब्रान्ड’ र डिजाइन दिनसमेत भनिएको छ। मेटाभर्सको प्रयोग गरेर समेत मदिरा बिक्रीको उपाय सुझाउन भनिएको छ।

एजेन्सीका अनुसार सन् १९९५ मा एक व्यक्तिले एक वर्षमा कम्तीमा १०० लिटर मदिरा सेवन गर्थे। तर, सन् २०२०सम्म आइपुग्दा त्यो ५७ लिटर प्रतिवर्षमा झरेको छ। र, कोरोना भाइरस महामारी त्यो दर अझै घटेको बताइन्छ।

सन् २०२० मा मदिरा बिक्रीबाट जापानमा १.७ प्रतिशत राजश्व संकलन भएको थियो। १९८० मा त्यो दर ५ प्रतिशत थियो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img