spot_img

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबिच झडप : केही राउण्ड अश्रु ग्यास प्रहार

काठमाडौं : फोहोर फाल्ने विषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ।

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। फोहोर बोकेको गाडीलाई अगाडि बढाउन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ।

त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ।

‘केही राउण्ड हवाई फायर भएको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी दिनेशराज मैनालीले भने।

स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले फायर खोलेको एसपी मैनालीले बताए। फोहोर फाल्ने विषयमा विवाद भएपछि काठमाडौंबाट प्रहरीको टोली बञ्चरेडाँडा पुगेको थियो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img