spot_img

गोसाइकुण्ड पुगेर फर्किँदा जब तीर्थालुहरु हिमाल हेर्न रोकिए…

काठमाडौं : जनैपूर्णिमाको अवसरमा रसुवास्थित गोसाइकुण्डमा मेला लाग्ने गर्छ। दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण मेला संचालन हुन सकेको थिएन। यो वर्ष भने गत साउन २७ गते जनैपूर्णिमाको अवसरमा त्यहाँ ठूलै मेला लाग्यो।

गोसाइकुण्डमा स्नान गर्न यसपटक मानिसको भिड लागेको थियो। वर्षाबिच पनि मानिसहरु पदैल हिँड्दै यात्रामा निस्किएका थिए।

मेलामा पुगेर फर्किँदा बाटोबाट देखिने हिमालका दृश्यहरु हेर्न मानिसहरु रोकिन्थे अनि फेरि यात्रा सुरु गर्थे। मौसम सफा हुँदा लाङटाङ, गणेश हिमालका साथै अन्य हिमालको दृश्य प्रष्ट देखिन्थ्यो। कहिलेभने हिमालहरु बादलसँगै लुकामारी खेलिरहेको हुन्थ्यो।

काठमाडौं फर्किन पहिरोले बाटो बन्द गरेर कुराबिच अघि बढेको टोलीलाई हिमालको दृश्यले एकैछिन आनन्दको अनुभूति दिएको थियो। हिमाललाई पृष्ठभूमिमा राखेर तस्विर खिच्न मानिसहरु झुमिएका थिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img