spot_img

प्युठानमा जीप दुर्घटनाः २५ दिनकी शिशुसहित ३ जनाको मृत्यु, १३ घाइते

बुटवलः प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्य भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

जिल्लाको नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित एकै घरका दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप बाहाने बजार नजिकैको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी नौबहिनी ५ डार्मीकी ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

दिदी बहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले बताए।

घाइतेमध्ये दुई जना उपचारपछि घर फर्किएका छन्। अन्य घाइतेको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ। जीप सडकबाट झन्डै ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img