spot_img

गोसाइकुण्डमा जनै पूर्णिमाको विशेष मेला, तस्विरमा तीर्थालुको उपस्थिति

हिन्दु धर्मावलम्बीको विशेष चाड जनै पूर्णिमा आज मनाइएको छ। जनै पूर्णिमालाई वेद जयन्तीका रुपमा पनि लिइन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरुले शरीर शुद्ध राखेर एक छाक खाने, त्यस दिन बिहानै नित्य स्नान गरेर जनै फेर्ने गर्छन्।

नेपालका विभिन्न देवालयमा धर्मालम्बीहरुको भीड लागेको छ। उपत्यकाका पशुपतिनाथ, गोकर्णलगायतका क्षेत्रमा धर्मालम्बीको बाक्लो उपस्थिति थियो।

यस्तै रसुवाको गोसाइकुण्डमा पनि जनै पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्छ। गोसाइकुण्डमा जनै पूणिमा र गंगादशहरा गरी वर्षमा दुई पटक विशेष मेला लाग्ने गर्छ। शुक्रबार पनि गोसाइकुण्डमा विशेष मेला लाग्यो।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img