spot_img

‘द फ्लीक मोडल्स’को विजेता बने दिपेन्द्र सोनाम र सीमा श्रेष्ठ

काठमाडौं : मोडलिङ प्रतियोगिता ‘द फ्लीक मोडल्स’को पहिलो संस्करणको विजेता दिपेन्द्र सोनाम र सीमा श्रेष्ठ भएका छन्। विजेता घोषित भएसँगै उनीहरुले ५०/५० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

सिन्धुपाल्चोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीतमा स्वर भरिसकेका उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन। हालै उनी फिल्म ‘तिमी मेरै बन न’मा प्रमुख भूमिकामा देखिँदैछन्।

त्यसैगरी, गोरखाकी सीमाले यसअघि ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट ड्रेस अवार्डको उपाधि जितेकी थिइन्। हाल उनी काठमाडौंमा सलुन सञ्चालन गरिरहेकी छिन्।

त्यसैगरी, प्रतियोगितामा सागर बस्नेत र अंकी सेती फस्ट रनरअप हुँदा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनरअप भए।

मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img