spot_img

म्यानचेस्टर युनाइटेड पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्ड सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिजनको आफ्नो पहिलो खेलमा ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो।

ब्राइटोनको जितमा पास्कल ग्रोबले दोहोरो गोल गरे। खेलको ३० औं मिनेटमा अग्रता दिलाएका उनले ३९ औं मिनेटमा दोस्रो गोल थप्दा घरेलु टोली युनाइटेड पहिलो हाफमा दुई गोलले पछि रह्यो। एलेक्सिस म्याक अलिस्टरले ६८ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले खाता त खोल्यो तर यो खेलमा फर्कन भने पर्याप्त हुन सकेन।

आजै सम्पन्न अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्ड २-२ गोलको बराबरीमा रोकिएका छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img