spot_img

पुष्प र श्रद्धा अभिनित ‘कृष्ण-लीला’को अस्ट्रेलियाका लागि प्रदर्शन अधिकार बिक्री

काठमाडौं : फिल्म ‘कृष्ण-लीला’को अस्ट्रेलियाका लागि प्रदर्शन अधिकार बिक्री गरिएको छ। प्रदर्शनको मिति नजिकिँदै जाँदा फिल्मको प्रदर्शन अधिकार अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन्।

प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबिच बुधवार राजधानीमा हस्ताक्षर भएको हो।

फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अस्ट्रेलिया राइट महँगो रकममा बिक्री गरिएको जानकारी दिए।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन्। फिल्ममा लक्ष्मण सुवेदीको पटकथा, शिव ढकाल र बाबु सुवेदीको छायाङ्कन रहेको छ।

दीपक ओली निर्देशित फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्रीका साथै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री, आयुष गुरागाईँको अभिनय रहेको छ।

यो फिल्म कृष्णजन्माष्टमी अर्थात् भदौ ३ गते प्रदर्शन हुँदैछ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img