काठमाडौं : त्रिभुवन विमानस्थल प्रहरीले अवैध रुपमा विदेशबाट ल्याएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुधवार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारतीय नागरिकलाई शङ्का लागेर चेक गर्दा १ किलो ६ सय १० ग्राम सुन बरामद भएको हो। भारतीय नागरिकले आफूले लगाएको अन्डरवेयरभित्र सेतो रङ्गको प्लास्टिक भित्र अर्धठोस सुनको दुईवटा पोकामा सुन ल्याएको भेटिएको हो।
प्रहरीले थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।






















