spot_img

५२ दलको शून्य लोकप्रियता! स्वतन्त्रले कटाए एक प्रतिशत

काठमाडौं: लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल भएका छन्। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार निर्वाचन आयोगले दलहरुको लोकप्रियतालाई वडाध्यक्षको आधारमा निकालेको हो। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्। 
नेकपा (माओवादी केन्द्र) १३.०३ प्रतिशत मत ल्याएर तेस्रो दल बन्दा जनता समाजवादी पार्टी, नेपाल ५ प्रतिशत ल्याएर चौथो र नेकपा (एकीकृत समाजवादी) पार्टी ३.६६ प्रतिशत मत ल्याएर पाँचौँ दल बन्न पुगेको छ। नयाँ राजनीतिक दल खोल्ने प्रचलन बढिरहेका बेला स्थानीय तह निर्वाचनको परिणामको आँकडाले अधिकांश साना दलहरुको लोकप्रियता शून्य देखाएको छ। 

न्यून मत ल्याउने दल

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.१६,लोकतान्त्रिक समाजवादीले २.१२ र जनमत पार्टीले १ प्रतिशत मत ल्याएको निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। स्थानीय तह निर्वाचनका लागि भन्दै ७९ दल दर्ता भएकोमा ६५ दलले मात्रै चुनावमा भाग लिएका थिए। त्यसमध्ये २४ दलको मात्रै स्थानीय तह निर्वाचनमा प्रतिनिधित्व रहेको छ। वडाध्यक्षमा उम्मेदवारी दिएका ६० दलमध्ये ८ दलले मात्रै १ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। स्वतन्त्रले १.१० प्रतिशत मत ल्याउँदा बाँकी ५२ दलले भने एक प्रतिशत पनि मत ल्याउन सकेनन् वडाध्यक्षमा। ५२ दलको लोकप्रियता शून्य रहन पुगेको छ। स्थानीय तह निर्वाचनमा काठमाडौं महानरबाट बालेन्द्र शाह,धरान उपमहानगरमा हर्क साङपाङ र धनगढी उपमहानगरबाट गोपी हमालले चुनाव जिते जस्तै विभिन्न ठाउँमा वडाध्यक्षहरुले पनि चुनाव जितेका हुन्। 

एक जना मात्रै वडा अध्यक्ष! 

नेपाल सुशासन पार्टी, बहुजन एकता पार्टी नेपाल,बहुजन शक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टी  र राष्ट्रिय जनमुक्ति पार्टीले एक/एक जना मात्रै वडा अध्यक्ष जितेका छन्। स्थानीय तह निर्वाचनमा ७०.९६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। जसमा बदरको संख्या २.४ प्रतिशत रहन पुग्यो।  ३५ हजार ९७ जनप्रतिनिधि स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। १२३ दलित महिला सदस्य र १ महिला पदमा उम्मेदवारी नै मनोनयन नभएको आयोगले जनाएको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img