spot_img

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजीको आपत्ति, ‘अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकार र सत्तारुढ गठबन्धनले पारित गराएकोमा श्रेष्ठले रोष प्रकट गरेका हुन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे। दलहरुमा बैचारिक-राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाइ थियो।

उनले भने, ‘यस सम्बन्धमा विचारको समस्या होइन। वैचारिक-साँस्कृतिक स्खलनको समस्या हो। निष्ठा कमजोर हुँदै गएको समस्या हो।’

नेता श्रेष्ठले दलहरुले तत्कालिन राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्‍याए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img