spot_img

काठमाडौं उपत्यका लगायत वाग्मती प्रदेशभित्र बढ्यो सार्वजनिक सवारीको भाडा, एउटै रुटमा ८२ रुपैयाँसम्मले बढ्यो

काठमाडौं : वाग्मती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारीको भाडा बढेको छ। वाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक सवारी साधनहरुको भाडा दुई रुपैयाँले बढाएको हो।

श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशको साउन २ गते बसेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो।

काठमाडौं उपत्यकामा संचालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा दुई रुपैयाँ भाडा बढेको छ। नयाँ भाडा अनुसार ५ किमिदेखि २० किमिसम्म ३५ रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ४० रुपैयाँ भाडा पुगेको छ।

यसमा ५ किमि दुरीसम्मको लागि २० रुपैयाँ, १० किमि दुरीसम्मको लागि २७ रुपैयाँ, १५ किमि दुरीसम्मको लागि ३२ रुपैयाँ, २० किमि दुरीसम्मको लागि ३५ र २० किमि दुरी भन्दा माथिलाई ४० रुपैयाँ भाडा तोकिएको छ।

यस्तै, उपत्यका बाहिर चल्ने यात्रुबाहक सार्वजनिक सवारी साधनको भाडा ८.३९ प्रतिशतले बढेको छ। अब देखि काठमाडौं-धुलिखेल-खुर्कोट-मन्थली जान ६१५ लाग्नेछ। यस भन्दा अघि ५६७ रुपैयाँ लाग्ने गरेको थियो। उपत्यका बाहिर एउटै रुटमा संचालन हुने सवारीको भाडा ३६ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बढाइएको छ।

वाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट संचालित यात्रुवाहक सवारी साधान र यात्रुवाहक सवारी साधन ट्याक्सीको हकमा बैशाख एक गतेदेखि लागू गरिएको भाडादर नै यथावत गरिएको बताएको छ।

यसैगरी, बाग्मती प्रदेशमा संचालन हुने मालवाहक सवारी साधनको हकमा प्रति किलोमिटर ११.९१ प्रतिशतले ढुवानी भाडा बढेको छ। यस भन्दा अघि प्रति किलोमिटर १३.४५ रुपैयाँ रहेकोमा अब १५.०५ रुपैयाँ कायम भएको छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img