spot_img

गोलरक्षक एञ्जिला बनिन् लिनिङको ब्राण्ड एम्बास्डर

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई खेलकुद पोशाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्राण्ड एम्बास्डर बनाएको छ।

काठमाडौंमा शुक्रवार लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिले एञ्जिलालाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको हो। एञ्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिका प्रमुख कार्यकारी राजेन महर्जनका बिच एम्बास्डरका लागि शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार एञ्जिलाको जीवनीमा आधारित रहेर बन्न लागेको चलचित्र ‘एञ्जिला’मा उनले लिनिङ ब्राण्डको उत्पादन प्रयोग गर्नेछिन्। सम्झौताअनुसार ‘एटीएस अर्थात एञ्जिला तुम्बापो सुब्बा १८’ ब्राण्डको रुपमा लिनिङले सामग्री उत्पादन गर्नेछ‍।

त्यसबाट आएको १० प्रतिशत एञ्जिलाले र बाँकी ५ प्रतिशत अन्य खेलाडीले पाउने लिनिङले जानकारी दियो। ब्राण्ड दूत बनेपछि एञ्जिलाले चर्चित ब्राण्डसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img