spot_img

म्यानचेस्टर युनाइटेडको फराकिलो जित, लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अस्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीलाई हराएको छ। प्रि सिजन मैत्रीपूर्ण खेलमा युनाइटेडले ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको पाँचौं मिनेटमा मेलबर्नले क्रिस इकोनोमिडिसको गोलमा अग्रता बनाएको थियो। तर ४३ औं मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियलले गोल थपे।

दोस्रो हाफमा मार्कस रासफोर्डले युनाइटेडका लागि ७८ औं मिनेटमा गोल गर्दा ९० औं मिनेटमा मेलबर्नका इडमण्ड लुपान्चु आत्मघाती गोल गर्न पुगे।

आजै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकाल्यो। लिभरपुललाई जित दिलाउन जोडन हेन्डरसनले १२ औं र मोहम्मद सलाहले ४६ औं मिनेटमा गोल गरे।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img