spot_img

केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पबारे कुरा उठेको छ : सहमहामन्त्री पाण्डे

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्।

उनले केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र नभए यसको विकल्पका रुपमा ‘प्लान बी’मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए। सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए। उनले आगामी दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरुले कुरा राखेको बताए।

उनले भने, ‘सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका छन्। हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ। लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ। प्रश्नको जवाफ पनि खोज्नुपर्छ। केही समीक्षात्मक प्रश्नहरु उठेका छन्। आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरु छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ। गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु गर्नुभएको छ। भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ। गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ।’

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img