spot_img

बलात्कार प्रयासको आरोप लागेका कैलाश गाउँपालिकाका वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले बलात्कार प्रयासको आरोप लागेका वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ। जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उनले घलान आफै प्रहरी कार्यालयमा आएको बताए। केही दिनअघि कैलाश-९ को कालिका माविकी १४ वर्षीया छात्राले वडा अध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमवार पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले सोमवारनै खोजी कार्यलाई तीव्र पारेको थियो। घलान मंगलवार आफैँ प्रहरी कार्यालय आएको प्रवक्ता कार्कीले बताए।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। १४ वर्षीया बालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौँडा आउँदा वडा अध्यक्ष घलानले बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

हेटौँडा-१ जरुवाटोलस्थित असन गेस्ट हाउसको तेस्रो तलामा १९ गते राति १२:३० बजे वडा अध्यक्षले आफूलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले शरीरका संवेदनशिल अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख छ। घटना १९ गते रातिको भएपनि बालिकाले असार २२ गते आफ्नी आमालाई बताउँदै वडा अध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img