spot_img

चिनियाँ नेता लिउ र प्रचण्डबिच दुई देशबिचको सम्बन्धबारे छलफल

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

आइतवार नेपाल आइपुगेका मन्त्री लिउ सोमवार दिउँसो प्रचण्ड निवास खुमलटारमा पुगेका हुन्। भेटका क्रममा दुई देशबिचको सम्बन्ध, दुई पार्टीबिचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटका क्रममा मन्त्री लिउले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनका विषयमा चासो राखेको बताइएको छ।

त्यस्तै, प्रचण्डले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई दोहोर्‍याएका छन्।

नेपाल भ्रमणमा रहेका नेता लिउले आइतवार नै प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गरेका थिए। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। बुधवार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरी स्वदेश फर्किने छन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img