spot_img

‘युद्ध सुरु भएपछि युक्रेनका ८९ जना खेलाडी र प्रशिक्षक मारिए’

रसिया र युक्रेनबिच युद्ध सुरु भएको १३२ औं दिन पुगेको छ। यसबिच रसियाले निकै महत्वपूर्ण मानिएको लुहान्स्क शहर नियन्त्रणमा लिएको छ। युद्धका कारण युक्रेनको खेल क्षेत्र पनि नराम्री प्रभावित भएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको कार्यालयले रसियाको आक्रमणपछि हालसम्म ८९ जना एथ्लेट र प्रशिक्षकहरु मारिएको जनाएको छ। १३ जनालाई रसियाली सेनाले नियन्त्रणमा लिएको दाबी गरिएको छ।

जेलेन्स्कीले युद्धका कारण खेल क्षेत्र निकै पछाडि धकेलिएको बताएका छन्। ‘ हजारौं युक्रेनी एथ्लेटहरुले प्रशिक्षण गर्न पाएका छैनन्,’ उनले भने।

यता, जेलेन्स्कीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई रसियाली टोलीमाथि प्रतिबन्ध लगाएको धन्यवाद दिएका छन्।  राजधानी किभमा कमिटीका अध्यक्ष थोमस बाचसँगको भेटमा उनले रसिया र बेलारुसविरुद्ध लिएको कदमको समर्थन गरेका हुन्।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img