spot_img

अल्ट न्यूजका सह-संस्थापक जुबैरलाई पठाइयो १४ दिनको न्यायिक हिरासतमा

भारतमा संचालित ‘अल्टन्यूज’का सह संस्थापक मोहम्मद जुबैरलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। प्रहरी हिरासतमा रहेका जुबैरलाई आज मेट्रोपोलिटन मजिस्ट्रेट सिन्ग्धा श्रीवास्तवको इजलासमा पेस गरिएको थियो। प्रहरीले जुबैरमाथि अनुसन्धान गर्न समय चाहिने भन्दै १४ दिनको न्यायिक हिरासतको माग गरेका थिए। जुबैरका वकिलले जमानतका लागि अपील गरेका थिए। तर, अदालतले उक्त अपील खारेज गरेको स्थानीय मिडियाले जनाएको छ।

गत सोमबार जुबैरलाई एक ट्वीटको आधारमा प्रहरीले पक्राउ गरेको थियो। हाल उक्त ट्वीटर अकाउन्ट बन्द भइसकेको छ। सन् २०१८ मा हनीमुन होटलको नाम हनुमान होटल लेखिएको तस्विर जुबैरले ट्वीट गरेको कारण देखाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।   

‘सन् २०१८ मा हनिमुन होटल, २०१४ पछि हनुमान होटल,’ उनले लेखेका थिए। २०१४ मा नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेका थिए। जुबैरले यो तस्विरबाट मोदीमाथि व्यङ्ग्य गरेको आरोप लाग्दै आएको छ। जुबैर मोदीका आलोचक हुन्।  



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img