spot_img

‘पुटिनका लागि गोली खान्छु’ भन्दै फर्मुला वानका पूर्व सुप्रिमोले भने : जेलेस्की कमेडियन नै रहन चाहन्छन्

फर्मुला वानका पूर्व सुप्रिमो बर्नी एसेल्टनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिन ‘फस्ट क्लास पर्सन’ रहेको बताएका छन्। यस्तै, उनले पुटिनका लागि ‘बुलेट’ खान तयार रहेको समेत बताएका छन्।

युक्रेनमाथि रसियाले आक्रमण गरेपछि पुटिनको आलोचना भइरहेको छ। यसैबिच ब्रिटिश टिभी शो गुड मर्निङ ब्रिटेनमा बर्नीलाई ‘के पुटिन अझै उनका साथी हुन्?’ भनेर प्रश्न सोधिएको थियो। जवाफमा उनले भने, ‘म अझै पनि उनको लागि गोली खान्छु।’

युद्धका बारेमा प्रश्न सोध्दा उनले पुटिनले आफूले सही थानेको कुरा गरिरहेको बताएका थिए। ‘तर, उनी धेरै व्यापारी जस्तै छन्। म जस्तै पनि। हामी समय समयमा गल्ती गर्छौं। र, जब गल्ती गर्छौ, त्यसबाट निस्कन सबै प्रयास गर्नुपर्छ,’ उनले भने।

उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीको आलोचना समेत गरेका छन्। ‘उनी कमेडियन हुने गर्थे।.. मलाई लाग्छ उनी आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन्,’ बर्नीले भनेका छन्। जेलेनस्कीले पुटिनसँग वार्ताको लागि प्रयास नै नगरेको बर्नीको तर्क थियो। पुटिनसँग वार्ता गरेको भए समाधान निस्कने उनको विश्वास छ। उनले जेलेनस्कीले युद्ध रोक्न धेरै काम गर्न सक्ने भए पनि नगरेको बताए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img