spot_img

गहवामाईमा फूलपाती भित्र्याइयो

वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ ।
आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहवान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गरिन्छ ।
यसैगरी वीरगंजको नेपाली सेना, मालपोत कार्यालयबाट फूलपाती लिएर गहवा माई मन्दिरमा लगिएको छ । साथै वीरगंजको गहवामाई मन्दिरमा गोरखाबाट पनि फूलपाती भित्र्याउने चलन छ।
वीरगंजको महत्वपूर्ण धार्मिक र सांस्कृतिक परम्परा रहेको फूलपातीको दिन गहवामाई मन्दिरमा निकै भीड लाग्ने गरेको छ । आजैको दिन वीरगंजमा दिनभरि र रातभरि मेला लाग्ने गरेको छ, मेला भर्न गाउँ–गाउँबाट भक्तजनहरुको ताँती लाग्ने गरेको छ ।
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img