वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरे सडकखण्डबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पकाहामैनपुर गापाको वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको झोलाबाट नुफिन, डाइजेपाम र फेनारगन ४५० एम्पुल बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी धोरेको नियमित चेकिङ टोलीले झोलामा आलु र प्याज मा लुकाइएको अवस्थामा लागूऔषध फेला परेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा पठाएको र पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।