spot_img

बिरगंजका जनताहरुको स्वास्थ्यसँग खेलबाड गर्दै जाईका बिरयानी हाउस, अनुगमन निकाय मौन

वीरगंज, १० जेठ । वीरगंजको मुर्ली चौकस्थित जाईका बिरयानी हाउसले एक जना ग्राहकलाई बासी मटन बिरयानी बिक्री गरेको आरोप लागेको छ। राति घरमा कोही नभएको अवस्थामा ग्राहकले मटन बिरयानी प्याक गराएर लगेका थिए, तर खान खोज्दा बिरयानी बासी र बिग्रिएको महसुस भएको उनले बताएका छन्।

“स्वाद र गन्धले नै बासी भएको प्रस्ट थाहा पाइयो,” ग्राहकको भनाइ छ। यस्तो खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनले गुनासो व्यक्त गरेका छन् । नेपालको खाद्य ऐनले खाद्य व्यवसायीहरूलाई स्वच्छ, सुरक्षित र स्वास्थ्यमा हानी नपुग्ने वस्तु मात्रै बिक्री गर्न बाध्य बनाएको छ। तर, जाईका बिरयानी हाउसले उक्त कानुनी दायित्वको उल्लंघन गरेको ग्राहकको आरोप छ।

ग्राहकले गुनासो लिएर रेष्टुरेन्टका सञ्चालकसँग सम्पर्क गर्दा, उनले गम्भीरता नदेखाई “पैसा फिर्ता लिई हाल्नु” मात्र भनेको ग्राहकको भनाइ छ। यस्तो गैरजिम्मेवार प्रतिक्रिया प्रति उपभोक्ता झन् आक्रोशित भएका छन् ।

स्थानीय बासिन्दा र उपभोक्ताहरूले पनि यस्ता घटनाले खाद्य सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको बताउँदै सम्बन्धित निकायहरूलाई आवश्यक छानबिन र कडा कारबाही गर्न आग्रह गरेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता संरक्षण निकाय तथा वीरगंज महानगरपालिकाले अहिलेसम्म घटनाप्रति कुनै प्रतिक्रिया नजनाएकोमा उपभोक्ताहरू असन्तुष्ट छन्। जिम्मेवार निकायले यथाशीघ्र अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग उठ्न थालेको छ

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img