जेठ, २ वीरगंज । पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकबाट खैरो हिरोइन जस्तो देखिने लागु औषधसहित एक जना युवक पक्राउ परेका छन्।
मिति २०८२ साल बैशाख ३१ गते, अन्दाजी दिउँसो ३:०० बजे लागु औषधको खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले FZ मोडेलको BR06 CT 0810 नम्बरको मोटरसाइकलमा सवार एक जनालाई शंकास्पद रुपमा रोकेर खानतलासी गरेको थियो।
खानतलासीको क्रममा सो मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वा बसोबास गर्ने २२ वर्षीय मुस्तुफा अन्सारीको शर्टको दाहिने खल्तीमा तीनवटा प्लास्टिकको पुरिया फेला परेको थियो। ती पुरियामा प्लास्टिक बाहेक १५ ग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त लागु औषधसहित अन्सारीलाई पक्राउ गरी प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउपछी उनलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।