spot_img

वीरगञ्जमा प्रेस सेन्टर नेपालद्वारा होली मिलन समारोह सम्पन्न

वीरगञ्ज, पर्सा – प्रेस सेन्टर नेपाल, जिल्ला कार्य समिति पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–१५ स्थित पोखरी रिसोर्टमा होली मिलन समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जरा, सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य कृष्ण उदास खनाल लगायतको उपस्थिति रहेको थियो।

 

त्यसैगरी, प्रतिनिधि सन्तोष पौडेल, मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, सचिव रन्जित पाण्डे, पूर्व सचिव मुनेश लायो मगर, प्रदेश सदस्य दिपेन्द्र कुमार साह, भरत सरार्फ, प्रदेश प्रतिनिधि रुपेश बर्मा, जिल्ला अध्यक्ष शिवनाथ यादव, सचिव अजित भुजेल, सहसचिव विदुर गौतम, रन्जित यादव, कोषाध्यक्ष सन्जित गुप्ता तथा सदस्यहरू रितेश झा, प्रणय साह, बलिराम यादव, सन्जोग गिरि, सन्तोष कुमार कुशवाह, अमिर मन्सुरी, शशि विचित्र, अनिल ओझा, रन्जित चौरसिया लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले होली पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्दै सामाजिक एकता र सौहार्दको सन्देश फैलाउने महत्वपूर्ण अवसरका रूपमा होली पर्वलाई लिनुपर्ने धारणा व्यक्त गरे। साथै, पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विषयमा पनि छलफल गरिएको थियो।

समारोहले उपस्थित सबैलाई आपसी सद्भाव र मेलमिलापको सन्देश दिने विश्वास गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img