spot_img

मर्यादित र सुरक्षित रूपमा होली मनाऔं – जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोध

पर्सा जिल्ला प्रहरी कार्यालयले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होली (फागु पूर्णिमा) को अवसरमा सम्पूर्ण जनसमुदायलाई शुभकामना व्यक्त गर्दै मर्यादित र सुरक्षित रूपमा पर्व मनाउन अनुरोध गरेको छ।

प्रहरी कार्यालयले अपरिचित व्यक्तिहरूसँग होली नखेल्न, जबरजस्ती रंग नलगाउन, केमिकलयुक्त रंग तथा फोहोर पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ। साथै, महँगा गरगहना नलगाइ भिडभाड हुने ठाउँमा नजान, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्णपालना गर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन सुझाव दिएको छ।

अशक्त, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न, रेलिङ नभएका छत तथा सडकमा होली नखेल्न र धार्मिक-साम्प्रदायिक सद्भाव विथोल्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ।

भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट जस्ता घटनाहरू हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध छ। कुनै पनि आपराधिक गतिविधि देखिएमा तुरुन्त प्रहरी नियन्त्रण कक्ष (१००/९८५५०९०१३६/९८५५०२८२८५/९८५५०२८२८७) मा जानकारी गराउन अनुरोध गरिएको छ।

नियम विपरीत कार्य गर्नेहरूमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जानकारी गराएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img