प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला कार्य समितिको बैठक आज वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठक प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको थियो।
बैठकले प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। यस अवसरमा माघ १५ गते, मंगलवार बिहान ८:०० बजे वीरगञ्जको घन्टाघरमा जम्मा भई प्रभातफेरि गर्ने र बिहान ९:०० बजे वीरगञ्ज रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। यो जानकारी बैठकका सचिव अजित भुजेलले दिनुभएको हो।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव, प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला सचिव अजित भुजेल, सहसचिव विदुर गौतम, रञ्जित यादव, कोषाध्यक्ष सन्जित गुप्ता, र सदस्यहरू रितेन्द्र झा, बलिराम यादव, विशाल पटेल, आनन्द साह, सन्जोग गिरी, सन्तोष कुशवाह, अमिर मंसुरी, भरत सरार्फ, सुमित कुमार पटेल, मुमताज मियाँलगायतको उपस्थिति रहेको थियो।

बैठकमा स्थापना दिवसलाई उत्साहपूर्वक र प्रभावकारी ढंगले मनाउन आवश्यक योजना र तयारीबारे छलफल भएको थियो। कार्यक्रममा सहभागीहरूमार्फत प्रेस सेन्टरको भूमिकालाई अझ सशक्त बनाउने प्रयास गरिने विश्वास व्यक्त गरिएको छ।